क्यान्सर रोगबाट पीडित अलिसाको उपचारका लागि सहयोग


पोखरा : क्यान्सर रोगबाट पीडित अलिसा लम्सालको उपचारका लागि रु .शनिबार रु २५ हजार ५६१ सहयोग गरिएको छ । पूर्वराष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्सालकी छोरी अलिसालाई १९औं संस्करणको घलेल ल्होसारका अवसरमा संकलित उक्त रकम बौद्ध सिर्जना युवा क्लब घलेलका अध्यक्ष राम गुरुङ, शिक्षक इन्द्रप्रसाद अधिकारी र युवा समाजसेवी भरत गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच पोखरा क्यानोनिङका सञ्चालक रामबहादुर गुरुङले आफ्नी छोरीको जन्म दिनको अवसरमा माछापुच्छ«े गाउँपालिकामा रहेको पाँच वटा विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गर्नुभएको छ । सो गाउँपालिकामा रहेका अन्नपूर्ण आधारभूत विद्यालय, शिवशंकर आधारभूत विद्यालय, तारे बराह आधारभूत विद्यालय, निष्पक्ष माध्यमिक विद्यालय र संगम आधारभूत विद्यालयमा अध्ययरत कक्षा १ देखि ५ सम्मका १०० जना छात्रछात्रालाई कपडा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?