क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो


लस एन्जेलस: अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् ।
अमेरिकाको पश्चिमी तटीय क्ष्ोत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ ।
पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?