तीन दिनभित्र प्रदेश प्रमुख र राजधानीः प्रम देउवा


धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् । कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भइरहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘अब सहमति भएपनि नभएपनि ३ दिनमा प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताउनुभयो ’। निर्वाचनमा कुनैको बहुमत आएको छैन, संसद गठन भएको पनि छैन कसलाई सत्ता सुम्पने देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन’। ुको हो प्रधानमन्त्री हुने र कानुनसम्मत रुपमा अगाडि आउनु पऱ्यो म एक मिनेटमै सत्ता छोड्न तयार छुु देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?