विद्युत चोरी गर्दा करेन्ट लागेर मृत्यु


लहानः करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ ।
विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?