इजिप्टका १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय


कायरो: मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ ।
इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।
अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो ।
यस्तै मुद्धामा गिजा अपराध अदालतले पनि तीन बर्ष जेल सजाँयको फैसला सुनाएको थियो ।
पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गर्दै अन्तिम फैसला गरिएको हो ।
पुर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्त गरिएको थियो । उहाँको समर्थनमा आम प्रदर्शन गरिएको थियो ।
नेता मोर्सीको पक्षमा रहेको ब्रदरउड समुहलाई आतङ्कबादी समूहको रुपमा प्रतिबन्ध समेत गरिएको थियो ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौको मृत्यु भएको थियो भने हजारौ गिरफ्तार भएका थिए । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?