२८औँ राष्ट्रिय च्याम्पियनसिप फुटबल मंगलबारदेखि


तुलसीपुर, दाङ: अठ्ठाइसौँ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उद्घाटनअघि बिहान १० बजे तुलसीपुरमा प्रभातफेरी र उद्घाटन अपराह्न १ बजे हुनेछ ।
प्रतियोगिताको पहिलो खेल सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल माघ ६ गते घोराहीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?