सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो


काठमाडौंः नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?