कृषकलाई अन्न भकारी वितरण गरिँदै


दार्चुला: कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ ।
कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो ।
कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका गाविस सुन्सेरा, धौलाकोट, धारी, धाप, दत्तु, हुनैनाथ, डाडाकोट, लटिनाथ, गुल्जर र घुषाका कृषकलाई ५० प्रतिशत अनुदानमा अन्न भकारी वितरण भइरहेको उहाँको भनाइ छ ।
कैलालीको धनगढीबाट आयातीत गरिएका २०० अन्न भकारी कृषकलाई वितरण गरिने निमित्त प्रमुख जोशीको भनाइ छ । एक कृषि समूहका २५ जनाका दरले प्रत्येक कृषि समूहका कृषकलाई अन्न भकारी वितरण गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।
धातुबाट निर्माण गरिएको उक्त मेटल सिडबिन अर्थात् धातु भकारीमा बीउ राख्दा लामो समयसम्म केही नहुने, घुन, पुतली र मुसाबाट सजिलै बचाउन सकिने उहाँले बताउनुभयो । आफ्ना मागका आधारमा अन्न भकारी उपलब्ध गराएको भन्दै कृषक उत्साहित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?