कलाकार पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम


काठमाडौँ: स्व जनवादी गायक खुशिराम पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जनसांस्कृतिक महासंघ नेपाल ३ नं प्रदेशले यहाँ आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेवी टुहुरे र झंकार बुढा मगर लगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरू वर्षमान पुन, शक्ति बस्नेत, धनीराम पौडेल, पम्फा भुसाल लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा गीत गाउँदागाउँदै बेहोस भएका पाख्रिनको उपचार गर्न लैजाने क्रममा मंसिर ५ गते चितवनमा मृत्यु भएको थियो । पूर्वसभासद्समेत रहनुभएका स्व पाख्रिनले विसं २०३८ देखि निरन्तर जनवादी गीत गाउँदै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?