पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि


पाल्पा: पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रदेशस्तरीय महोत्सव सञ्चालन हुने भएको छ ।
फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सवको आम्दानीबाट पर्यटन क्षेत्र प्रवद्र्धन, जिल्लाको उद्योग व्यवसायको विकास र पाँच प्रतिशत टुँडिखेल मैदान स्तरोन्नतिमा खर्च गरिने संघका महासचिव यादव कार्कीले जानकारी दिनुभयो । महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका साथै धार्मिक तथा पर्यटकीयस्थलको फोटो ग्यालरी र स्वरुप प्रदर्शनीमा रहने छन् ।
सो अवसरमा खुला तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिताको आयोजना पनि गरिने भएको छ । महोत्सवमा स्थानीय कलाकारका साथै स्थानीय संस्कृति वालन नाच, घाटु नाच, लाखेनाच प्रदर्शन हुनेछ । बालउद्यान, बैंक तथा वित्तीय संस्था, अटो मोबाइल्सका स्टल र नेवारी तथा मगरी खानाका परिकारसमेत महोत्सवमा राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?