विद्यालय शिक्षाबारे प्रम मोदीको पुस्तक


नयाँदिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन् । भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन ¥यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो ।
विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ । भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ । त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ । भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ । अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ । यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?