घुस लिएको अभियोगमा पक्राउ


काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा आज कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?