राज्यमन्त्री दम्पतिको नेपाल भ्रमण


काठमाडौँ: संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टर र उहाँकी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री श्रीमती क्यारोलाइन डाइननेग नेपालको साताव्यापी भ्रमणका लागि आगामी बिहीबार यहाँ आउनुहुने भएको छ । यही माघ २५ देखि फागुन २ गतेसम्म हुने भ्रमणका क्रममा उहाँहरुले नेपाल सरकारका वरिष्ठ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?