शेर्पा–नेवई कृषि सडक निर्माण तीव्र


तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे पाँच किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवालगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो ।
उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् । सडक निर्माण शुरु भएपछि गाउँवासी हर्षित भएको नेवईको ओयाक्जुङ उन्नत अदुवा कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद गिरीले बताउनुभयो ।
साढे पाँच किमी सडक निर्माणका लागि रु तीन करोड ३३ लाखको टेण्डर लागेको छ । अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी काम भएको छ । सडक बनेपछि ओयाक्जुङ र पौठाकका बासिन्दालाई लाभ मिल्नेछ ।
यसअघि गाविसको बजेटबाट ट्र्याक ओपन भएको सडक स्तरोन्नतिका लागि उन्नति परियोजनाले सहयोग गरेको गाउँवासी खुशी भएको स्थानीयवासीसमेत रहेका फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?