जिपको ठक्करबाट युवतीको मृत्यु


भीमदत्तनगर: पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जाँदै थिइन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?