निर्वाचिन राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र


विराटनगर: प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र दिइएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण सहित स्वागत गर्नुभएको थियो । निर्वाचित हुनुहुनेहरूमा नेकपा (एमाले)बाट नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ (संखुवासभा) र अगम वान्तवा राई (इलाम), नेकपा माओवादी (केन्द्र) बाट बिना पोखरेल (मोरङ) र नेपाली काँग्रेसबाट रमेशजंग रायमाझी (मोरङ) हुनुहुन्छ ।
नेपाली काँग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं (झापा) विदेश भ्रमणमा रहनुभएकाले अनुपस्थित हुनुहुन्थ्यो । मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, एमालेका जिल्ला अध्यक्ष विनोद ढकाल, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, सहायक निर्वाचन अधिकृत नवराज दुलाल र जिल्ला निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?