राज्यमन्त्री दम्पतीको नेपाल भ्रमण


काठमाडौँ: संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टर र उहाँकी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री श्रीमती क्यारोलाइन डाइननेग नेपालको साताव्यापी भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभयो । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले स्वागत गर्नुभएको थियो ।
आगामी फागुन २ गतेसम्म हुने भ्रमणका क्रममा उहाँहरूले नेपाल सरकारका वरिष्ठ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?