उद्योगमा आगलागी हुँदा रु १० लाख क्षति


भक्तपुर:भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रहरी, भक्तपुर दमकल र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?