किरात चुम्लुङमा आङ्दम्बे


भद्रपुर: किरात याक्थुङ चुम्लुङ भद्रपुर झापा नगरपरिषद्को दोस्रो नगर अधिवेशनले शर्मिला आङ्दम्बेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । झापाको चन्द्रगढीमा शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जेबी काम्बाङ, उपाध्यक्षमा भीम काम्बाङ, सचिवमा अर्जुन इधिङ्गो, सहसचिवमा हस्तकला वेधावनेम र कोषाध्यक्षमा हेमा कन्दङ्वासहित अन्य सदस्य सर्वसम्मत चयन गरेको छ ।
अधिवेशन उद्घाटनसत्रमा झापा जिल्ला अध्यक्ष भक्त खेबङ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, किराँत राई यायोख्खा झापा सल्लाहकार समरकुमार राई, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगु, सदस्य गोपाल लिम्बू, सरस्वती सुब्बा तथा जनजाति महासंघ भद्रपुरका अध्यक्ष सन्तोष राजवंशीलगायतलेसंघीय राज्यमा आदिवासी जनजातिका अधिकारलाई सुनिश्चित हुनुपर्ने जोड दिनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?