भारतीय करियर गाइडेन्स् प्रदर्शनी हुने


काठमाडौँ: भारतको डब्लुआरआई ग्लोबल र इन्स्ट्यान्ट प्रमोटर्सको आयोजनामा काठमाडौँमा चारदिने करियर गाइडेन्स् सेसन हुने भएको छ । शिक्षामा अहिलेको बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम् परिवर्तनलाई समेटेर सेसन गर्न लागिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा डब्लुआरआई ग्लोबलका प्रबन्ध निर्देशक विकल्पराज पोखरेलले जानकारी दिनुभयो । सेसनमा भारतको अमिटी विश्वविद्यालय, नोइडा अन्तर्राष्ट्रिय विश्वविद्यालय, प्रस्तावित निट्टे मानित विश्वविद्यालय, निटम मानित विश्वविद्यालयलगायतको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?