क्यानडाको राम्रो सुरुवात


काठमाडौंः टस हारेर ब्याटिङको निम्ता पाएको क्यानडाले राम्रो सुरुवात गरेको छ। क्यानडाले अहिले ५ ओभरको समाप्तीमा २४ रन बनाएको छ। चार खेलबाट ६ अंक जोडेको नेपाल कमजोर रनरेटका कारण तेस्रो स्थानमा झरेको छ । समूहचरणको अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध खेल्दा नामिबियाले चौथो स्थानको युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।नेपाल क्यानाडासँग पराजित भए शीर्ष दुईमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने सम्भावना समाप्त हुनेछ । जुन टोलीले जित्छ त्यही टोली शीर्ष दुईमा हुने भएकाले नेपालजस्तै क्यानाडा पनि जित्नै पर्ने दबाब हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?