प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई आजै बुझाउने भएपछि परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ पद त्याग गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। शर्माका अनुसार प्रधान मन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरी पद त्यागको घोषणा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?