अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा


अंकारा: अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुग्नुभएको समाचार छ । बिहीबार बिहान उहाँ टर्कीको राजधानी अंकारा अवतवरण गर्नुभएको बताइएको छ । टर्किस् अधिकारीहरुले उहाँ बिहीबार विहान अंकारा आइपुग्नुभएको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उहाँ बिहीबार अंकारा पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गर्नुभएको थियो । यस पटकको भ्रमणकाक्रममा उहाँले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दाेगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नुहुने छ ।
सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ । यस बारेमा पनि भ्रमणका क्रममा उहाँले टर्किस् अधिकारीहरुसँग कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ ।
त्यसैगरी सिरियामा त्यहाँको सेनाले पछिल्ला केही महिनामा गरेको कारबाहीमा रासायनिक तथा घातक हतियार प्रयोग गरेको बारेमा उत्पन्न विवादका बारेमा पनि उहाँले कुराकानी गर्नुहुने भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सिरियामा जारी रहेको करिब सात वर्षलामो हिंसाका कारण टर्की र सिरियामा उत्पन्न समस्या तथा द्विपक्षीय विवादका विषयमा विदेशमन्त्री टिलर्सनले भेटवार्ता गनुहुने भएको समाचारमा जनाइएको छ । टर्किस् सेनाले सिरियामा गरेको कारबाहीको विषयलाई लिएर नेटो सेना र टर्कीबीच पनि पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । यस विषयमा अमेरिकाले पहिलेदेखि नै चासो व्यक्त गर्दै आएको छ । यस भ्रमणका क्रममा यसबारेमा पनि कुराकानी हुने प्राप्त समाचारमा जनाइएको छ ।(रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?