हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने


भोजपुर: भोजपुर जिल्लामा हात्तीपाइले (फाईलेरिया) रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एकलाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिनुभयो । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् ।
औषधि खुवाउनका लागि एक हजार १०३ स्वयम्सेविका परिचालन गर्नाका साथै औषधि सेवनपछि आउने तत्कालीन असर समाधानका लागि कार्यालयले ४३५ जना स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गर्ने भएको छ । यसैबीच, भोजपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम यसवर्ष आठौँ चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?