अफगानिस्तानमा आत्मघाती आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो


काबुल: संयुक्त राष्ट्रसंघले अफगननिस्तानमा सन् २०१७ मा करिब २ हजार ३०० सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरेको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । तालिबान र अन्य आतङ्ककारी समू्हले गरको आत्मघाती बम आक्रमणमा र हत्यामा ती सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघद्धारा बिहीबार जारी विज्ञप्तिमा जानकारी दिइएको छ । यस्ता आक्रमणमा विशेषगरी महिला र बालबालिका धेरै परेका पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्ला केही वर्षको तुलनामा सन् २०१७ मा भएको मृत्यु र घाइतको यो संख्या बढी भएको सो प्रतिवेदनमा देखाइएको छ । तर यसअघिका वर्षहरुमा यो संख्या के कति थियो भन्ने बारेमा भने केही बताइएको छैन ।
सन् २०१७ मा भएका आत्मघाती आक्रमण र बजारलगायतका विभिन्न भवनमा भएको आक्रमण निकै क्रुर र अमानवीय रुपमा भएको पनि अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनले जनाएको छ ।
यस्ता आक्रमणहरुमा परी ६०५ सर्वसाधारणको मृत्यु भएको छ भने एक हजार ६९० जना घाइते भएका छन् ।
सन् २०१६ को तुलनामा सन् २०१७ मा २० प्रतिशतले सैनिक हताहत बढेको छ भने सात प्रतिशतले सर्वसाधारणको हताहत बढेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपी यसै वर्ष पनि गएको जनवरी २० यता भएका होटल आक्रमण, कैयाँै व्यक्ति जम्मा भएको स्थानमा लक्षित बम आक्रमण र सैनिक परिसरमा भएका आत्मघाती हमलामा परी १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
राष्ट्रसंघले यहाँ सर्वसाधारण र सुरक्षाकर्मीको मृत्युका घटनामा कमी नआएको निष्कर्ष निकालेको बताइएको छ ।(रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?