चुरेको फेदीमा महिलाको शव


कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ ।
शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?