मेयर कप शुरु


भक्तपुर: भक्तपुर नगरपालिकाको आयोजनामा आजदेखि यहाँ अन्तरनगर मेयर कप भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा २१ नगरपालिकाको सहभागिता रहेको नगरपालिकाका कर्मचारी एवं अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले जानकारी दिनुभयो । यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीले क्रमश रु एक लाख ५१ हजार, रु ७५ हजार, रु ३० हजार र रु २० हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
प्रतियोगिताको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहीद स्मृति खेल मैदानमा उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसार्इँ, प्रजिअ द्रोण पोखरेललगायतले नेपालको लोकप्रिय र राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र संरक्षणमा नगरपालिकाले खेलको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?