भलिबल प्रतियोगितामा त्रिलोक स्कूल विजयी


काठमाडौँ: अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगितामा त्रिलोक चिल्ड्रेन्स एकेडेमी माछापोखरी प्रथम भएको छ । बालाजु शैक्षिक मञ्चको आयोजनामा फागुन ४ र ५ गते नेशनल मोडल स्कूल नेपालटारमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेशनल मोडल स्कूललाई हराउँदै त्रिलोक स्कूल प्रथम भएको हो । प्रथम विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
प्रतियोगितामा बालाजु क्षेत्र वरपरका स्वातिसदन स्कूल, ब्राइट हेवन स्कूल, आदित्य स्कूल, क्रियटिभ स्कूल, मानसरोवर स्कूल र सेन्ट जोसेफ स्कूलको सहभागिता रहेको थियो । यसैबीच आजै दशौँ त्रिलोक शैक्षिक प्रदर्शनी भएको छ । त्रिलोक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको प्रदर्शनमा विद्यार्थीद्वारा निर्मित वस्तुको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा धरहरा, हाइड्रोलिक पुल, सौर्यमण्डलको नमूना, भूकम्पपछिको पुनःनिर्माण गरिएको वस्तीको नमूना, लाखे नाच प्रस्तुत गरिएको छ । यस्तै विद्यार्थीले बनाएको विभिन्न प्रकारका खानाका परिकारसमेत प्रदर्शन गरिएको छ । विद्यालयका प्राचार्य नवराज खनालले किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विद्यालयले शैक्षिक प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?