एमाले सांसद शाहीले दिए राजीनामा


सुर्खेतः प्रदेशसभामा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। मुगुबाट निर्वाचित सांसद शाहीले आइतबार हुलाकमार्फत राजीनामा पत्र पठाएका छन्। यसअघि उनी सभामुखका आकांक्षी थिए। एमालेभित्र सभामुखमा उनको चर्चा चले पनि अन्तिममा आएर दैलेखका राजबहादुर शाहीलाई एमालेले सभामुख बनाएको थियो। सभामुख नपाएका शाहीलाई मन्त्री बनाउने आश्वासन नेताहरुले दिएका थिए। तर आइतबार बिस्तार भएको प्रदेश मन्त्रीपरिषद्मा उनी समावेश हुने सकेनन्। अन्तिम समयमा आएर पार्टीले धोका दिएको र अन्याय गरेको भन्दै सांसदबाट राजिनामा दिएको शाहीले बताए। एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?