विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु


बगदाद: इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?