भारतमा भएको दुर्घटनामा आठको मृत्यु


नयाँदिल्ली: भारतको तेलङ्गनामा दुई वटा कार एक आपसमा ठक्कर खाँदा बुधबार कम्तीमा आठ जनाको मृत्यु भएको छ । “हैदरावादबाट कुर्नुल जाँदै गरेको एउटा कार सडकको अर्को भागमा पल्टीयो, अनि त्यसलाई त्यही भागको विपरित दिशाबाट आइरहेको अर्को कारले ठक्कर दियो र सडक दुर्घटना भयो” एक जना वरिष्ठ प्रहरी अधिकारीले भने । दुर्घटनापछि तीन जना महिलासहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा घाइते भई अस्पतालमा भर्ना भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले बताएका छन् । दुई वटा कारमा गरेर ११ जना यात्रु रहेको बताइएको छ । घटनाका बारेमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको प्रहरीको भनाई छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?