आगलागी


इटहरी: धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आउनुभएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
उक्त आगलागीमा परी अमृता लिम्बूु घाइते भएको र उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उहाँको बायाँ हात जलेको छ ।
वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा तीन थान ग्यास सिलिण्डर विस्फोट हुनपुगेको पनि प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो । आगलागीमा परी छिमेकी टेकबहादुर सुन्दासको घरमा समेत नोक्सानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?