नेता भेटवालको स्वास्थ्य अवस्थाबारे प्रम ओलीबाट जानकारी


काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिनुभएको छ । केही दिनदेखि भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका भेटवाललाई आज अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । रगतमा हुने ‘प्लेटिलेट्स’को संख्या अत्यन्तै कम रहेकाले नेता भेटवाल अस्पताल भर्ना हुनुभएको हो । उपचारमा संलग्न चिकित्सकले भेटवालको अवस्थामा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?