श्रीदेवीको हत्या भयो: स्वामी


नयाँदिल्ली : सत्तारूढ भारतीय जनता पार्टीका नेता सुब्रह्मण्यम स्वामीले चर्चित अभिनेत्री श्रीदेवीको हत्या भएको बताएका छन् । पञ्जाब केशरीको अनलाइन संस्करणसँग मंगलबार कुरा गर्दै नेता स्वामीले भने, ‘श्रीदेवीको निधन होइन, हत्या भएको हो । ‘अभिनेत्री श्रीदेवी रक्सी होइन, बियर पिउँथिन् । जब उनले रक्सी पिउँदैन्थ्यो भने उनको शरीरमा कसरी रक्सीको अंश भेटियो ?’ उनले प्रश्न गरे । नेता स्वामीले अभिनेत्रीहरूको अन्डरवल्र्डसँग नाजायज सम्बन्धका बारेमा पनि हेक्का राख्नुपर्ने बताउँदै प्रश्न गरे, ‘श्रीदेवी जुन होटलमा बसेकी थिइन्, त्यसको सिसिटीभी के भयो ? यसको गहनतासँग जाँच गरिनु पर्दछ ।’
भाजपा नेताले श्रीदेवीको बाथटबमा डुबेर मर्नु सम्भव नभएको बताए । स्मरण्ीय छ, दुबई पुलिसले दिएको पोस्टमार्टम रिपोर्टमा श्रीदेवीको निधन होटलको बाथरूमको टबमा डुबेर भएको उल्लेख छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?