कांग्रेस संसदीय दल नेताको निर्वाचन कार्यक्रम


काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेताको उम्मेदवारीसम्बन्धी निर्वाचन कार्य तालिका प्रकाशित भएको छ । नेता चीनकाजी श्रेष्ठको संयोकत्वमा गठित निर्वाचन समितिले मनोनयन शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी दिएको छ ।
कार्यतालिका अनुसार फागुन २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन, फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २१ गते विहान सवा ८ बजेसम्म तोकिएको छ । त्यसलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १० देखि १ बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुनेछ ।
समितिले दलको नेतामा मनोनयन गर्ने उम्मेदवारले एकचालीस हजार रूपैयाँ धरौटी बुझाउनुपर्ने नियम तय गरेको छ ।
निर्वाचन समितिमा श्रेष्ठलगायत भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी सदस्य रहेका रहेका छन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी पर्ने सम्भावना औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?