काबुलमा विदेशी सैनिकलक्षित बम आक्रमण


काबुल : अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार विदेशी सैनिकलाई लक्ष्यगरेर भएको एक कारबम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य चारजना घाइते भएका अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान ९ बजे काबुलको काबिल बे क्षेत्रमा सो कारबम विस्फोट गराइएको सो मन्त्रालयका प्रवक्ता नाजिब दानिसले एएफपी समाचार समितिाई जानकारी दिनुभएको छ ।
काबुलमा रहेका विदेशी सैनिकहरुको गस्तीलाई लक्ष्यगरेर यस आक्रमण गरिएको हो । यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र प्रहरीले यसको अनुसन्धान सुरु गरेको बताइएको छ ।
अफगानिस्तानमा सन् २००१ बाट नै अफगान सरकारसँग द्वन्द्व जारी राखेका तालिबान आतङ्ककारी समूहले विदेशी र स्वदेशी सुरक्षाबललाई लक्षितगर्दै बारम्बार आक्रमण गर्दै आएका छन् । लागूऔषध दुव्र्यसनी राखिने पुनस्र्थापना केन्द्रमा आगलागी, ३० को मृत्यु
जरबैजानको राजधानी बकुमा लागू औषध दुव्र्यसनीहरुलाई राखिने एक पुनस्र्थापना केन्द्रमा शुक्रबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समाचार समिति एपीएले सो जानकारी दिएको छ । अजरबैजान अग्नीनियन्त्रक निकाय र उद्धारकर्ताहरु उद्धारकार्यमा संलग्न रहेका संकटकालीन मन्त्रालयले जानकारी दिएको छ । आगलागीको कारण अनुसन्धानरत रहेको सो समाचार समिति एपीएले जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । दुव्र्यसनीहरुका कारण नै आगो सल्किएको अनुमान प्रहरीले गरेको छ । तर यसको पुष्टी भने हुन सकिरहेको छैन । रासस÷एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?