पौडी खेल्न जाँदा नदीमा बेपत्ता


चितवन: फागुका दिन पौडी खेल्न नारायणीमा गएका एक युवक नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त बिहीबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?