गोधूलिद्वारा साहित्यकार, कलाकार सम्मानित


काठमाडौँ: गोधूलि साहित्यिक प्रतिष्ठानले साहित्यकार, समाजसेवी, संगीतकार र कलाकारलाई अभिनन्दन तथा सम्मान गरेको छ । प्रतिष्ठानकी संरक्षक तथा समाजसेवी भद्रकुमारी घलेको ८७औँ जन्म दिवसका अवसरमा यहाँ आज आयोजित ‘पुस्तक विमोचन, अभिनन्दन तथा सम्मान कार्यक्रम, २०७४’ मा प्रतिष्ठानले साहित्यकार तथा समालोचक डा लक्ष्मण गौतम, शिक्षासेवी डा सीता शिवाकोटी, वरिष्ठ संगीतकार बुलु मुकारुङ तथा वरिष्ठ आख्यानकार जलेश्वरी श्रेष्ठलाई अभिनन्दन गरेको हो । त्यसैगरी, समाजसेवी तथा साहित्यसेवी अमृत विश्वकर्मा, हास्यव्यंग्य स्रष्टा रथी बलदेव महत, समाजसेवी पशुपति गुरुङ, भाषा साहित्यसेवी खेम तिरूवा र साहित्यकार शशि थापा पण्डितलाई सम्मान गरिएको छ ।
अभिनन्दन तथा सम्मान गर्दै प्रमुख अतिथि तथा कोशकार वसन्तकुमार शम्र्मा नेपाल र प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले साहित्यकार घलेले नेपाली साहित्य तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुभयो । सोही अवसरमा पूर्वमन्त्रीसमेत रहनुभएकी घलेद्वारा लिखित ‘भक्ति’ नामक भजन संग्रह पनि विमोचन गरियो । कार्यक्रममा समाजसेवी घलेले अभिनन्दितलाई सम्मान गर्दै आफ्नो जन्मदिनमा शुभकामना दिनुहुने सबैलाई धन्यवाद दिनुभयो । साहित्यकार लक्ष्मी उप्रेतिले अभिनन्दित व्यक्तित्वको परिचय प्रस्तुत गर्नुभएको थियो भने विमोचित कृतिको समीक्षा साहित्यकार गोपीकृष्ण प्रसाँईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?