जिम्बावेको चौथो विकेट पतन, नेपालका ललितनारायणले लिए विकेट


काठमाडौं । एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत  जिम्बाबेविरूद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट पतन भएको छ । नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन् । बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको जिम्बाबेले चौथो विकेटको रुपमा क्र्याग इर्भिनलाई ३४ रनमा गुमाएको हो ।  ललितनारायणले आफ्नो डेब्यु खेलमा नै विकेट लिन सफल भएका हुन् । नेपालका लागि बसन्त रेग्मीले २ र सन्दीप लामिछानेले १ विकेट लिई सकेका छन् । जिम्बावेका ओपनर सोलोमन मिरेले ५२ र सिपास झुवाओले ४१ रन बनाउदै उत्कृष्ट सुरुवात गराएका थिए । अहिले जिम्बावेको ३१ ओभरको खेल सकिदा ४ विकेटको क्षतिमा २०१ रन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?