साउदी युवराज इजिप्ट भ्रमणमा


रियाद (सिन्ह्वा): साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि आइतबार इजिप्ट जानुहुने भएको छ । युवराज भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण भएको अल अरेबिया नामक स्थानीय संचारसंस्थाले आइतबार जनाएको छ । यसअघि उहाँले अमेरिका र बेलायतको भ्रमणगर्ने बताइएको थियो । तर ती देशको भन्दा पहिला उहाँ अकस्मात इजिप्ट जानुभएको हो ।
उहाँको यो भ्रमण तीनदिने हुने तय भएको साउदी अरेबियाका अधिकारीहरुले जनाएका छन् । आइतबार अबेरसम्म उहाँ इजिप्ट पुग्नुहुने छ । भ्रमणका क्रममा युवराज सलमानले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीसँग आतङ्कवाद र कतार संकटका बारेमा छलफल गर्नुहुने भएको छ । यी दुई देशले पनि सन् २०१७ को जुन महिनामा कतारमाथि नाकाबन्दी लगाउने निर्णयमा सहमति जनाएका थिए । अरब र इजिप्टबीच सन् २०१४ देखि द्विपक्षीय सम्वन्ध बलियो रहेको छ । इजिप्टमा सिसी सत्तामा आएपछि अरबसँगको सम्बन्धमा सुधार आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?