निर्देशक दोङलाई आर्थिक सहयोग


काठमाडौँ: तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङलाई रु एक लाख १० हजार सहयोग गरेको छ । त्यसैगरी, मिर्गौलाको समस्या भएका उमेश दोङलाई रु एक लाख र दुर्गा दोङलाई रु ३९ हजार सहयोग पनि सहयोग प्रदान गरिएको छ ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले र सोसाइटीका उपाध्यक्ष प्रेम थोकरले एक कार्यक्रमबीच उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सोसाइटीले नेपालमा विभिन्न रोगबाट पीडितको उपचार तथा अन्य सामाजिक कार्यमा आर्थिक सहयोग प्रदान गर्दैआएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?