राष्ट्रसंघीय सहायताकर्मी गुटा पुगे


दमासकास (सिन्ह्वा): संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन ।
गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार ंराष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको समाचार आएको छ ।
सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभावमा नागरिक निकै मर्कामा परेका छन् । उनीहरुका अनुसार यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको थिएन । उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको बताउँदै आइएको थियो । राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारीकाअनुसार गएको कम्तीमा हप्तादिनयता सो क्षेत्रमा कोही पनि जान नसकेकोले नागरिक खान नपाएर मरिरहेको बताइएको थियो ।
ती अधिकारीले सोमबार दिएको जानकारीअनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेको छ । रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो ।
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । उनीहरु आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन् । गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु खोजेका बताइएको छ । सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिकासहित ६०० भन्दा बढी नागरिक मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?