भूकम्प प्रतिरोधि विद्यालय निर्माण


कञ्चनपुर: दातृ निकायको सहयोगमा जिल्लामा दशवटा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । विल्ड अन नेपाल र विद्यालयको साझेदारीमा तीन कोठे दश वटा विद्यालय भवन निर्माण भइरहेको छ । भौतिक पूर्वाधारको अभाव खेप्दै आएका आधारभूत विद्यालयलाई प्राथमिकतामा राखी भवन निर्माण भइरहेको विल्ड अनका धनगढी कार्यालय प्रमुख निर्मला चौधरीले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिकामा सातवटा तथा लालझाडी गाउँपालिकामा तीनवटा विद्यालय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि विल्ड अनले फलामे छड, सिमेन्ट, दक्ष डकर्मी, प्राविधिक, फलामे झ्याल, भेन्टिलेसन गरी रु २२ लाखदेखि रु २५ लाखका दरले विद्यालयलाई सहयोग उपलब्ध गराएको छ । विद्यालयले ढुंगा, गिट्टी, बालुवा र जनश्रमदानको व्यवस्था गरेका छन् । “अधिकांश विद्यालय निर्माण अन्तिम चरणमा पुगेको छ,” चौधरीले भन्नुभयो । निर्माणाधीन दशवटा विद्यालयसँगै हालसम्म कञ्चनपुरमा ३९ वटा विद्यालय भवन निर्माण गरिएको उहाँले बताउनुभयो । विल्ड अनकै सहयोगमा कैलालीमा ११८ वटा विद्यालय भवन निर्माण भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?