नेपालविरुद्ध हङकङले टस जितेर व्याटिङ गर्दै


काठमाडौं : जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ। बुलाबायोस्थित एथ्लेटिक मैदानमा हङकङले नेपालविरुद्ध टस जितेर व्याटिङ रोजेको छ।सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न आजको खेल नेपालले फराकिलो अन्तरले जित्नैपर्ने अवस्था छ। नेपालले यसअघि जिम्बाव्बेसँग पहिलो खेल, स्कटल्याण्डसँग दोस्रो खेल र तेस्रो खेलमा अफगानिस्तानसँग पराजित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?