भारतको एक जङ्गल भएको आगलागीमा दशको मृत्यु


नयाँ दिल्ली: दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ । केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो । आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए ।
उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?