मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दीप प्रज्वलन


बैतडी:  गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज, गोकुलेश्वर, बैतडीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान अवतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै मंगलबार साँझ दीप प्रज्वलन गरेको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट क्याम्पस प्रांगणमै दीप प्रज्वलन कार्यक्रम गरिएको स्ववियु सभापति राजेन्द्र बमले जानकारी दिनुभयो । विमान दुर्घटनामा ज्यान गुमाउनुभएका सम्पूर्णको मृतात्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै दिवंगतका परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भन्ने उद्देश्यले कलेजले दीप प्रज्वलन गरेको उहाँले बताउनुभयो । सोमबार दिउँसो भएको उक्त विमान दुर्घटनामा परी ५१ जनाले ज्यान गुमाएका थिए भने २० जना घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?