अन्तर्राष्ट्रि उद्यमी सम्मेलन


काठमाडौं : आगामी चैतमा अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन हुने भएको छ । भारत र नेपालका युवाहरुको सहभागीतामा आगामी १० चैत देखि अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन हुने भएको हो । काठमाडौंस्थित भारतीय राजदुतावासमा बुधबार भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराएको हो । सम्मेलनले नेपाल र भारतका युवा उद्यमीहरुलाई एक आपसमा जोड्ने आयोजकको आपेक्षा रहेको छ । त्यस्तै दुवै देशका उद्यमीहरुले आफ्नो आफ्नो विचार समेत सम्मेलनमा आपसमा साटा साट गर्न सक्ने बताइएको छ । सम्मेलनको आयोजक क्लक बी इन्नोवेसन रहेको छ । सम्मेलनमा भारत र नेपालका प्रमुख कार्यकारीहरु अर्थात युवा उद्यमीहरु को सहभागीता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?