प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा समवेदना व्यक्त


नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रसिद्ध भौतिकशास्त्री हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको उहाँका परिवारजनले जानकारी दिएका छन् । ब्रिटिश वैज्ञानिक स्टेफन हकिङ साहास र दृढता विश्वको सारा नागरिकको लागि प्रेरणाका व्यक्ति भएको मोदीले बताउनुभएको छ । विश्वलाई राम्रो स्थान बनाउनका लागि हकिङको ठूलो देन रहेको मोदीले बताउनुभएको छ । साथै मोदीले उहाँको आत्माको शान्तिको कामना गर्नुभएको ट्वीटरमार्फत जानकारी दिनुभएको छ । हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्री हुने पुस्तकमा परेको थियो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?