एनसिसी बैंक घोटालामा, केही कर्मचारी प्रहरी नियन्त्रणमा


नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारी पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै केही कर्मचारीलाई पक्राउ गरेको छ। एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले शुक्रबार बिहान बैंकका ऋण अधिकृतसहितका कर्मचारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए।करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको निष्कर्ष निकाल्दै राष्ट्र बैकले ब्युरोलाई अनुसन्धान गर्न भनेको डिआइजी कार्कीले समाचारमाध्यमलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?