अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त


वासिङटन: अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । “विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए । इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?